वीरगन्ज २
जेष्ठपर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बीरगन्ज महानगरपालिका वडा नम्वर १७ मा आगो लागेर घर जलेका परिवारहरुलाई राहत बितरण गरेका छन । नेपाल प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका वडा-१७ अलौ स्थित बुढियामाई टोलका आगलागीपीडितलाई मंगलबार बिहान राहत प्रदान गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ड्राईपोर्टोले आगलागीपीडित ८ परिवारलाई राहत सामग्री प्रदान गरेको हो । पीडित परिवारलाई पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले राहत सामग्री वितरण गर्नुभएको छ ।पीडित परिवारलाई चामल, दाल, आलु , प्याज ,तेल , नुन , आटा , चिनी लगाएतको सामानहरु प्रदान गरिएको प्रहरी उपरीक्षक ढुंगेलले बताउनुभयो । उहाँले आगलागी पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनी नेपाल प्रहरीको तर्फबाट राहत प्रदान गरिएको जानकारी दिनुभयो ।नेपाल प्रहरीका प्रहरी उपरीक्षक ढुंगेलले आगलागी पीडितलाई यस्तो दुःखको घडीमा सबै मिलेर बस्न अनुरोध गर्नुभयो । उहाँले पर्सामा आगलागीबाट व्यापक जनधनको क्षति भइसकेको भन्दै सावधानी अपनाउन समेत स्थानीयसँग आग्रह गर्नुभयो ।राहत वितरण कार्यक्रममा साथमा वडा अध्यक्ष सन्जु छत्कुली र सिर्सिया प्रहरी चौकीका सई सुनिल पनेरुको पहलमा राहत बितरण गरिएको हो। सो कार्यक्रममा वडा सदस्य नेशार अहमद महिला वडा सदस्य राप्रपाका जिल्ला अध्यक्ष सुमेशवर उपाधयाय नेपाली कांग्रेस २ को ख का अध्यक्ष शैलेन्द्र उपाधयाय नेपाली कांग्रेस १७ का बुथ कमिटी अध्यक्ष शिवओम लामिछाने र बरिष्ठ पत्रकार शेखर छतकुली लगाएतको सहभागिता रहेको थियो।